Showing posts with label Rahat Kosh. Show all posts
Showing posts with label Rahat Kosh. Show all posts

Monday, May 4, 2015

वामी भूकम्प पीडित सहायता कोष

हाम्रो देश नेपालले भोगेको प्राकृतिक प्रकोप (भूकम्प र यसले पु-याएको क्षति) को बारेमा हामी सबैलाई थाहा नै छ । वामी र यस आसपासका क्षेत्रमा भूकम्पले कुनै मानवीय क्षति नपु-याए पनि धेरै कच्ची घरहरु या त गम्भिर तरिकाले चर्किएका या त भत्किएका छन्, ति मध्ये अधिकांश पीडित निम्न आयस्रोत भएका छन् । सिङ्गो देश नै शोकमय भएको अवस्थामा अझै पनि धेरै भूकम्पन पीडितहरुले कुनै राहत नपाएको गुनासो गरिरहेका छन् । स्वदेश र बिदेशबाट अर्बौँ डलर सहायता आए पनि सरकारी समन्वयको कमजोरीले गर्दा बास्तविक भूकम्प पीडितसम्म त्यो सहयोग पुग्न सकिरहेको छ्रैन । त्यसैले वामी र यस आसपासका भूकम्प पीडितको सहयोगको लागि मैले यो पेज बनाएको छु र मेरो तर्फबाट रु.१,०००/– (रु. एक हजार मात्र) यस कोषमा जम्मा गर्दै यस भेगबाट देश विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई कम्तिमा पनि रु. ५ (पाँच)
सहयोगको अपिल गर्दछु । दुःखको यस घडिमा हाम्रो सानो सहयोगले धेरै पीडितहरुको उद्दार हुन सक्छ । प्राकृतिक विपत्ती सधै आउने होइन । सहयोग गर्ने यो मौकालाई सदुपयोग गरौँ । यस्तो समयमा गरिएको सानो सहयोग पनि उनीहरुका लागि ठूलो हुन्छ । सधैभरि सरकारको मुख ताकी राख्नु भन्दा हामी नागरिकहरुले आफै व्यक्तिगत रुपमा सहयोगको पहल गरे पक्कै पनि यो ठाउँ पुनर्निमाण हुन सक्छ ।
थप जानकारीका तथा सहयोगको लागि
मोबाइल नंः ९८५७०.६४४७०, ९८४१.०००६७०,
इमेल: rameshsapkota@hotmail.com
वामीटक्सार, गुल्मी, नेपाल